उखु किसान आन्दोलनमा नेमकिपाको एक्यवचद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उखु किसान आन्दोलनमा नेमकिपाको एक्यवचद्धता

काठमाडौं, ५ पुस । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको हो ।

सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता याता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई समर्थन गर्न पुग्नु भएका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्ने बताउनभुभयो ।

बर्षौंदेखि देखिदै आएको भुक्तानी नहुने समस्याको दिर्घकालिन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताउनुभयो । किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौता बमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन् ।

गतवर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौता अनुसार गत वर्षकै माघ ७ गते भित्र भुक्तानी दिने उल्लेख छ । तर चिनी मिल सञ्चालकहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आई आन्दोलनमा उत्रिएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);