सर्वोच्च अदालत बार एसोसिएशनको अध्यक्षमा लोकतान्त्रिक समूहका पूर्णमान शाक्य विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

सर्वोच्च अदालत बार एसोसिएशनको अध्यक्षमा लोकतान्त्रिक समूहका पूर्णमान शाक्य विजयी

Sarbocha adalat

काठमाडौं, ५ पुस । सर्वोच्च अदालत बार एसोसिएशनको नयाँ कार्यसमितिमा लोकतान्त्रिक समूहले विजय हासिल गरेको छ । शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य लगाएत उहाँको समूह विजयी भएको हो ।

शाक्यले २९५ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्दी प्रगतिशील समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल २५० मतसहित पराजित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा प्रगततिशीलका मुकुन्दप्रसाद पौडेल २८४ मतसहित विजयी हुनुभएको छ ।

पौडेलसँग लोकतान्त्रिकका नमराज रिजाल २५४ मतसहित पराजित हुनुभएको छ । सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे ३१६ मतसहित विजयी हुँदा प्रगतिशीलकी अञ्जिता खनाल २२४ मतसहित पराजित हुनुभएको छ ।

सह–सचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की, महिला सदस्यमा अमिता गौतम पौडेल विजयी हुनुभएको छ । सदस्यहरूमा अनन्त काकी, अनन्तराज लुइटेल, तिलकबिक्रम पाण्डे, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, रामहरी त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका हुनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);