डुडुवा बस्तीमा जम्मा दुईवटा शौचालय र दुईवटा पानीको धारा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डुडुवा बस्तीमा जम्मा दुईवटा शौचालय र दुईवटा पानीको धारा

बाँके, ८ पुष । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भुमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भुमिहिन छन र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिंडने बाटो समेत छैन् । जसले गर्दा डडुवा बासिको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ । 

शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन् । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन् । दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।  

डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);