रौतहटको बृन्दाबन धमौरा टोलमा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

रौतहटको बृन्दाबन धमौरा टोलमा खानेपानीको चरम अभाव

राकेश यादव

रौतहट, १२ चैत । रौतहटको बृन्दाबन नगरपालिका वडा नम्वर ६ को धमौरा टोलमा रहेको दलित बस्तिमा खानेपानीको चरम अभाव भएको छ । वर्षौदेखि डोम समुदायले खानेपानीको अभाव झेल्दै आएका छन् ।

बस्ती नजिकै एउटा धारो भएपनि अन्य जातीले प्रयोग गरेपछि मात्रै उनीहरुले पालो पाउने गरेका छन् । डोम जातीको २५ घर परिवारले खानेपानीका लागि दिनभर धारामा पालो कुर्नुपर्ने बाध्यता छ ।

डोम समुदायले सरसफाई नुवाधुवाई गर्न समेत पानी पाउने गरेका छैनन् । एउटा मात्र धारा भएकाले नुवाइधुवाई गर्न महिलाहरुलाई समस्या भएको छ । निजि शौचालय र धारा नभएका कारण सौच गर्न समेत स्थानीयलाई समस्या भएको छ ।

निर्वाचनको समयमा दलहरुले खानेपानी छुवाछुतको अन्त्य गर्ने आश्वासन दिएर भोट मागेका थिए । तर विजयी भएपछि डोम समुदायको बस्तीमा जनप्रतिनिधिहरु पुगेका छैनन् । डोम समुदायले कष्टकर जीवन बिताइरहेको स्वीकार गर्दै सांसदहरुले समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

खानेपानी र शौचालय नहुँदा दलित बस्तीमा विभिन्न रोगले आक्रमण गर्ने गरेको छ । दलित हक अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था पनि नभएका हैनन् । तर सो दलित बस्तीमा कसैको नजर पर्न सकेको छैन । बर्षौदेखिको खानेपानीको समस्या समाधान गरिदिन उनीहरुले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);