कलंकी–नागढुंगा सडक समयमै सम्पन्न नहुँदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कलंकी–नागढुंगा सडक समयमै सम्पन्न नहुँदा स्थानीयलाई सास्ती

काठमाडौं, १२ चैत । निर्माणधिन कलंकी–नागढुंगा सडक खण्डको काम समयमै सम्पन्न नहुँदा स्थानीय सास्ती बेहोर्न बाध्य छन् । धुलोका कारण व्यापार व्यवासय चौपट हुनुका साथै स्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेपछि स्थानीयले छोटो काम सक्न सम्बन्धित निकायलाई दबाब दिएका छन् ।

पाँच बर्ष अघि कलंकी–नागढुंगा सडकखण्ड विस्तारको काम सुरु भए पनि अझै सम्पन्न हुनसकेको छैन । सडक विस्तारका लागि भत्काइएको सडक समयमै निर्माण नुहँदा धुलो धुँवाका कारण स्थानीय आजित भएका छन् ।

धुलोका कारण व्यपार व्यवसाय चौपट हुनकासाथै मानव स्वस्थ्यमा पनि असर देखिन थाले पछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले सोमबार छिटो काम सक्न दबाब दिँदै नगरपालिका कार्यालय घेराउ गरे

धुलोका कारण स्वास्प्रश्वास र आँखासम्बन्धी समस्या देखिन थालेको स्थानीयको गुनासो छ । साथै व्यापार व्यवसायमा पनि कमी आएपछि विकल्प खोज्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

नगरपालिकाले भने सडक विभागका कारण ढिलाइ भएको भन्दै असारमसान्त सम्ममा काम सक्ने जनाएको छ । पूर्वाधार निर्माणका लागि संरचना भत्काउने तर, समयमै निर्माण नगर्ने प्रवृतिले जनाता आजित भएका छन् । कलंकी–नागढुंगा सडकखण्ड मात्र होइन अन्य क्षेत्रको अवस्था पनि यस्तै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);