'दुई बर्षमा रेल गुडाएर देखाउने प्रधानमन्त्री ओलीको अभिव्यक्ति औचित्यहिन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘दुई बर्षमा रेल गुडाएर देखाउने प्रधानमन्त्री ओलीको अभिव्यक्ति औचित्यहिन’

फूलमाया आले
काठमाडाैँ, १२ चैत । पूर्वाधार विज्ञहरुले अबको दुई बर्षमा रेल गुडाएर देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति औचित्यहिन भएको टिप्पणी गरेका छन् । प्राविधिक अध्ययन र गृहकार्य नै नगरी प्रधानमन्त्रीजस्तो व्यक्तिले हल्का अभिव्यक्ति दिनु जायज नभएको उनीहरुको टिप्पणी छ ।

अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी शार्मा ओलीले आफ्नै पानी जहाज किन्ने, रेल मार्ग विस्तार गर्ने तथा घरघरमा ग्यास पाइप जोड्ने अभिव्यक्ति दिँदा निकै आलोचना भयो । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिई हावादरी भन्दै टिप्पणी गरियो ।

दुई वर्ष पहिले रेलमार्गको सपना बाँडेका ओली अहिले तीन चौथाइ मतसहित प्रधानमन्त्री बनेका छन् । र, आफ्नो अभिव्यक्तिलाई हावादारी भन्नेलाई आगामी ‘दुई बर्षमा रेल गुडाएर जवाफ दिने’ बताइरहेका छन् । तर, पूर्वाधारविज्ञहरु भने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै तुक नभएको टिप्पणी गर्छन ।

मेची महाकाली रेल मार्ग अन्र्तगत जनकपुर–जयनगरमा पुरानै रेल मार्ग भएकाले त्यस ठाउँमा रेल गुडेपनि अन्य ठाउँमा आगामी दुई वर्षमा रेल गुडाउन सम्भव नरहेको उनीहरुको भनाइ छ । पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले कुनै प्राविधिक अध्ययन र गृहकार्य नै नगरी प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो अभिव्यक्ति दिँदै हिँड्नु औचित्यहिन भएको टिप्पणी गर्छन ।

सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण रेल विभाग अहिले सम्भाव्यता अध्ययन गर्ने काममा मात्र सीमित छ । विभागका अनुसार मेची–महाकाली रेलमार्ग बनाउन प्रतिकिलोमिटर ५० करोड रुपैयाँ चाहिन्छ ।

त्यस्तै नेपाललाई उत्तरी छिमेकी चीनसँग रेलमार्गले जोड्न चीनले केरूङ–काठमाडौ रेलमार्ग बनाउन सम्भव रहको बताए पनि सरकारले उक्त मार्गका विषयमा अहिलेसम्म जवाफ नै दिएको छैन । कुनै पनि रेल मार्ग निर्माण गर्नका लागि डिपिआरको समय नै लगभग एक वर्ष लाग्छ ।

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि अहिलेसम्म अध्ययन नै गरिएको छैन । त्यसैले जनकपुर–जयनगरको रेल मार्गबाहेक अन्य स्थानमा दुई वर्ष भित्र रेल गुड्न नसक्ने रेल विभागको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);