प्रधानमन्त्री ओलीको भ्रमण सफल या असफल भन्नेमा मिश्रित प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको भ्रमण सफल या असफल भन्नेमा मिश्रित प्रतिक्रिया

oli modi

काठमाडौं, २५ चैत । अपवादबाहेक नेपालका हरेक प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट नै सुरु हुनेगरेको छ । प्रधानमन्त्री बनेको केही समयमै भारत जाने र फर्कएपछि दुई देशबीचको सम्बन्धले थप उचाइ पाएको भन्ने परम्परा नै बनेको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो विदेश भ्रमण भारतबाट नै सुरु गरे , र भ्रमणका क्रममा केही महत्वपूर्ण समझदारी पनि भए । ओलीको भ्रमण सफल या असफल भन्नेमा विश्लेषकहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

शुक्रबार भारतको तीन दिने राजकीय भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । भेट पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, र सम्मानका आधारमा नयाँ उचाइमा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीले त सगरमाथाको देशलाई सागरसँग जोड्ने तथा रक्सौल–काठमाडौं रेल सञ्चालन हुने उद्घोष गरे ।

योसँगै भेटपछि जारी संयुक्त वक्तव्यमा पेट्रोलियम पाइपलाइन सम्बन्धी महत्वपूर्ण बुँदा उल्लेख छ । यस अघिका प्रधानमन्त्रीलेसमेत पटक–पटक समझदारी गरेको पाइपलाईन रक्सौलबाट ल्याउने भनेपनि यसपटक मोतिहारीबाट ल्याउने विषय संयुक्त बक्तव्यमा उल्लेख छ । त्यस्तै कृषिमा नयाँ साझेदारी, रक्सौल काठमाडौं रेल लिंक्ड र नेपालभारतबीचको ‘जल कनेक्टिभिटी’का विषमा भएका समझदारीलाई महत्वपूर्ण मान्न सकिन्छ ।

विगतका भ्रमण राजनीतिक मुद्धामा केन्द्रित हुने गरे पनि यसपटकको भ्रमण भने आर्थिक मुद्धामा केन्द्रित हुनु सकारात्मक भएको जानकारहरुको भनाइ छ । विगतमा पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विभिन्न सम्झौता समझदारी भएका थिए । तर, ती सम्झौता कार्यान्वयनको पक्ष पनि निक्कै कमजोर छ । ओलीको भ्रमणका क्रममा भएका समझदारीलाई सकारात्क रुपमा लिन सकिने भए पनि भ्रमण सफल या असफल भयो भन्नेमा भने त्यसको कार्यान्वयन पक्षले पुष्टि गर्ने परराष्ट्रविद रमेशनाथ पाण्डेको भनाइ छ ।

भ्रमणमा जस्ता सुकै बिषयमा हस्ताक्षर भए पनि कार्यान्वयन तहमा बिगतकै रबैया दोहरीने हो भने यो भ्रमणको कुनै अर्थ रहँदैन । भ्रमणका क्रममा रेल सेवा, कृषिको आधुनिकीकरण र नेपालमा पानीजहाज ल्याउनेसम्मका समझदारी कार्यान्वयन हुने हो भने ओलीको भ्रमणलाई साँच्चै नै सफल मान्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);