नेकपाका अध्यक्ष दाहाल स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपाका अध्यक्ष दाहाल स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

prachanda-dahal

काठमाडौँ, २४ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो भारत भ्रमण सफल रहेको दाबी गरेका छन् । भारतको चार दिने भ्रमण पूरा गरी आईतबार स्वदेश फर्केका दाहालले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकर्मीसंग प्रतिक्रिया दिदै भारत भ्रमण सफल रहेका दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । दाहालले भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफ्नो भ्रमण सफल रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भारत बसाईका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेका दाहालको भनाइ थियो ।

दाहालले नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको उल्लेख गरे । एक अर्को प्रसंगमा उनले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले ‘मन्त्रीमण्डल हेरफेर नगर्ने’ भनि दिएको अभिव्यक्तिबारे संचारकर्मीहरुले जिज्ञासा राखेपछि उनले प्रधानमन्त्रीको भनाई अनुसार नै मन्त्रीमण्डल हेरफेरको विषय अघि बढने प्रतिक्रिया दिए ।

चार दिनको भारत भ्रमणपछि अध्यक्ष दाहाल आगामी असोज १ गते चीन भ्रमणमा जाँदै छन् । उनले दुबै देशसँग विगतमा गरिएका सहमति कार्यान्वयनको वातावरण बनाउन आफूले दुवै देशको भ्रमण गर्न चाहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);