१०५ औँ बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१०५ औँ बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

bp-koirala

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वा्चत प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको १ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि आज मनाइएको छ । नेपाली राजनीतिका शिर्ष व्यक्तित्व कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो ।

कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध रहँदै जनतालाई सार्वभौम सम्पन्न बनाउन जीवनभर संघर्ष गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका कोइराला २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

राष्ट्रियता खतरामा रहेको विश्लेषण गर्दै कोइराला तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरि मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्किएका थिए । कोइरालाको नेपाली राजनीतिममा मात्र नभएर साहित्यिक क्षेत्रमा पनि महत्वपूर्ण योगलान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);