विपी कोइरालाको १०६ औं जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विपी कोइरालाको १०६ औं जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैं

BP Koirala

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेवश्वरप्रसाद कोइरालाको १०६ औं जन्मजयन्ती आज विविध कार्याक्रमका साथ मनाइदैं छ ।

नेपाली कांग्रेसका भातृ तथा सुभेच्छुक संस्था र नेपाली साहित्यकारहरुले देश विदेशमा विविध कार्यक्रम गरी कोइरालालाई सम्झदैं यो दिवश मनाउने गर्दछन् । पटक पटक गरी १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भारतको बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध संघर्ष गरेका थिए ।

वि.सं २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका कोइराला विसं २००६ सालमा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकसँग पार्टी एकीकरण गरेपछि सभापति बनेका थिए । राजनीतिज्ञ मात्र नभएर प्रसिद्ध साहित्यकारको रुपमा समेत पहिचान बनाएका कोइरालाका डेढ दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । उनको निधन विसं २०३९ साल साउन ६ गते भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);