पेट्रोलियम पाइपलाइनको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पेट्रोलियम पाइपलाइनको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्दै

oli and modi

काठमाडौं, २४ भदौ । दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहरी अमलेखगञ्ज पेट्रोलियमको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्विच थिची उक्त पाइपलाइनको मंगलवार दिउँसो १२ बजेर १५ मिनेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमले जनाएको छ ।

इलेक्ट्रिक स्विच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु गर्ने बताइएको छ । उद्घाटनको दृश्य आयलनिगम अमलेखगञ्जको डिपो र भारतीय आयल निगम कर्पोरेसनको मोतिहारी डिपोबाट प्रत्यक्ष रुपमा हेर्नसक्ने व्यवस्था गरिएको छ । उद्घाटनपछि तत्काल बरौनी डिपोबाट डिजेल आउने छ । २०६१ मा नेपाल र भारतबीच भएको सम्झौताअनुसार सो पाइपलाइन निर्माण भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);