दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने

Petrolium-pipeline

काठमाडौँ, १५ भदौ । अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए ।

प्रवक्ता ढकालले दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए । ‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);