६० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी, कच्ची सडक पक्की भएपछि स्थानीय खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

६० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी, कच्ची सडक पक्की भएपछि स्थानीय खुसी

sisne dhrake road

काठमाडौँ, १५ भदौ । तुलसीपुर उपमहानगरपालिकाले ६० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी सुरु गरेको छ । स्थानीय शान्ता घर्ती हिजोआज खुसी छिन् । किनकि घरअगाडि वर्षांैदेखि कच्ची रहेको सडक अहिले पक्की भएको छ । ‘वर्षा लागेपछि हिलो र खाल्डाखुल्डी हँुदा हिँड्न गाह्रो हुन्थ्यो,’ घर्तीले हाँस्दै भने, ‘ हिउँद लाग्यो भने धुलो उडेर घर छपक्कै ढाक्थ्यो अहिले त बाटो चिल्लो छ ।’ पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँगाउँसम्म मोटरबाटो पु¥याउने, सडक कालोपत्रे गर्ने, नाला निर्माण, ग्राबेल, कटिङलगायतका भौतिक पूर्वाधार विकासको ढोका नै खुलेजस्तो भएको उनले बताए ।

गत वर्ष करिब १४ किलोमिटर सडक कालोपत्रे, ५६ किलोमिटर सडक ग्राबेल, १६ किलोमिटर सडक कटिङ, ६११ मिटर सडक आरसीसी, ११ किलोमिटर नाला, ७० वटा कल्भर्टको काम भएको उपमहानगरपालिकाका योजना तथा बजेट शाखाकाका टेकबहादुर खड्काले जानकारी दिए । आर्थिक वर्ष २०७५÷७६ मा तय गरिएका १ हजार ४५ वटा योजनामध्ये सबैभन्दा बढी ३३१ वटा योजना सडकका थिए । जसमध्ये ३२२ वटा योजना सम्पन्न भएर ९७.२८ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ । याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);