५ वर्षभित्र ४ हजार ६ सय किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

५ वर्षभित्र ४ हजार ६ सय किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको लक्ष्य

काठमाडौं, ५ चैत । सरकारले पाँच वर्ष भित्र स्थानीय तहमा ४ हजार ६ सय २० किलोमिटर सडक कालोपत्रे गरिसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आगामी आर्थिक वर्षबाट लागू हुने गरी पाँच वर्ष भित्र स्थानीय तहमा ४ हजार ६ सय २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना तय गरिएको जानकारी दिए ।

अर्थसमितिको मंगलवारको बैठकमा बोल्दै थपलियाले स्थानीय तहमा ५७ हजार ९ सय ३२ किलोमिटर सडक संजाल रहेको र ती मध्ये आगामी पाँच वर्ष भित्र ४ हजार ६ सय २० किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको योजना रहेको उल्लेख गरे ।

स्थानीय तहले आफनो ८० प्रतिशत बजेट सडक संजाल निर्माणको काममा खर्च गरेकाले त्यसको दीगो विकासका लागि संघीय सरकारले सडक कालोपत्रे गर्ने कामलाई उच्च प्राथमिकता दिएको थपलियाको भनाई छ ।

त्यसैगरी सरकारले स्थानीय तहमा १ हजार ५ सय ४० किलोमिटर ग्राभेल सडक, १ हजार ६ सय सडक पुल निर्माण गरी स्थानीय तहलाई पाँच वर्ष भित्र हस्तान्तरण गर्ने योजना पनि तय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);