डडेल्धुराको अजयमेरु गाउँपालिकाले महोत्सवको आयोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

डडेल्धुराको अजयमेरु गाउँपालिकाले महोत्सवको आयोजना गर्ने

gaupalika

डडेल्धुरा, ५ चैत । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाले अजयमेरु महोत्सवको आयोजना गर्ने भएको छ । गाउँपालिकामा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र अजयमेरु कोटको प्रचार प्रसारका साथै स्थानीय स्तरको सांस्कृतिक तथा धार्मिक क्षेत्र लगायत कृषिको समेत प्रचार प्रसार गर्नका लागि आउँदो वैशाख ४ गतेदेखि ८ गतेसम्म महोत्वस संचालन हुने अजयमेरु गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने कृषि जन्य वस्तु, खाद्य परिकार, स्थानीय कला संस्कृति झल्कने नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, ६ वटै वडा कार्यालयको आ आफ्नो उत्पादन समेत प्रदर्शनी गरिने भएको छ । पाँच दिनसम्म संचालन हुने महोत्सवमा करिव ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।