बँदेलले खेती नस्ट गरेपछि गाउँपालिकाले लगायो तारजाली | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बँदेलले खेती नस्ट गरेपछि गाउँपालिकाले लगायो तारजाली

badel-tarjali

विमल जैरु
डडेल्धुरा, ८ भदौ । सुदूरपश्चिमका पहाडी जिल्लामा लगाएका बाली वँदेलले क्षति गरिदिँदा किसानहरु आजित भएका छन् । आफुले लगाएको खेती जोगाउन किसानहरु रातभर जाग्राम समेत बस्ने गरेका छन् । तर अब भने डडेल्धुरा अजयेमरु गाउँपालिकाको वडा नम्वर २ ले करिव आधा दर्जन गाउँमा सात किलोमिटर तारजालीको घेरावार लगाएको छ । जसबाट बँदेल सहित अन्य जंगली जनावरबाट खेतवारीमा लगाइएको अन्नवालीको सुरक्षा त हुन्छ नै यसले जंगली जनावरको पनि संरक्षण हुने विश्वास लिइएको छ ।

मेहेनत गरेर खेती लगाउने तर भित्र्याउन नपाउने समस्याले आजित भएका डडेल्धुरा अजयमेरु गाउँपालिकाका वडा नम्वर २ का किसान अब भने लगाइएको खेती यो वर्ष भित्र्याउन पाउने आशमा रहेका छन् । जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्वर २ का चमडा, टिटाली, डुणला लगायत आधा दर्जन गाउँमा तारजालीको वार लगाइएकाले १० वर्ष पछि लगाइए जति खेती भित्र्याउन पाउने भन्दै स्थानीय किसान खुसी भएका छन् ।

लगाइएका बाली आफुहरुले भित्र्याउन अगावै बँदेलले क्षति गरिदिने समस्याले अजयमेरु गाउँपालिकाका किसानहरु आजित भएका थिए । तर अब गाउँपलिकाले तारजाली लगाएकाले स्थानीयहरु ढुक्क भएका छन् । बंदेल र जंगली जनावरबाट अन्नबाली जोगाउन गाउँपालिकाको वडा नम्वर २ को ५० प्रतिशत र स्थानीय वासीन्दाको जनश्रमदानमा सात किलोमिटर भन्दा वढी लम्वाईको तारजाली लगाइएको हो ।

तारजाली लगाएपछि बँदेलले खेतवारीमा आउन नपाउँदा मकै, भट्मास, कोदो लगायतको अन्नवालीमा क्षति नभएकोे स्थानीय किसानहरुको भनाई छ ।

पहिलो चरणमा करिव आधा दर्जन गाउँमा परिक्षणका रुपमा सात किलोमिटर लम्बाईमा तारजालीको वार लगाइएको छ । अन्य गाउँमा पनि किसानले माग गरेमा तारजालीको बार लगाइने वडा नम्वर २ का वडा अध्यक्ष शिवराज भटट्ले जानकारी दिनुभयो ।

डडेल्धुरामा वदेलले वर्षेनी खेतीवारीमा लगाएको लाखौ मुल्य वरावरको अन्नवालीमा क्षति गर्ने गरेको छ । यसरी गाउँपालिकाले किसानको समस्या सम्बोधन गरी समस्या समाधानका लागि तारजाली लगाई दिनाले जनताको समस्याको केही त सुनुवाई हुने रहेछ भन्ने आशा स्थानीयमा जगाएको छ । तारजालीको घेरावारबाट एकातर्फ खेतवारीमा लगाइएको अन्नवाली बचाउने छ भने अर्कोतर्फ जंगली जनावरको पनि संरक्षण हुनेमा विश्वास लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);