लोकन्थली सडक : जोखिममा रहेका ५ घरपरिवार छिमेकीको घरमा बस्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लोकन्थली सडक : जोखिममा रहेका ५ घरपरिवार छिमेकीको घरमा बस्न बाध्य

lokanthali sadak

प्रमिला भण्डारी

भक्तपुर, ८ भदौ । भक्तपुरको लोकन्थलीमा सडक भासिएपछि आसपासका ५ घरपरिवार जोखिममा परेका छन् । जोखिम बढेपछि ५ घरका परिवार नै घरछोडी छिमेकीको घरमा बस्न बाध्य छन् । भासिएको सडकको मर्मत कार्य अहिले जारी छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा गत २ गते सडक भासिएको थियो । सडक भासिएपछि ५ घर उच्च जोखिममा रहेका छन् । रातको करिब २ बजे सडक भासिएको स्थानीयबासीले बताएका छन् । सडक भासिएर पहिरो गएपछि स्थानीयबासी त्रसीत भएर बस्न बाध्य छन् ।

जोखिममा रहेका घरका मानिसहरु अहिले छिमेकिको घरमा बसिरहेका छन् । दिउँसोको समयमा घरमा गएर खना बनाएर खाने र रातमा छिमेकिको घरमा बस्नु पर्ने बाध्यता छ ।

उक्त सडक २०७२ सालको भुकम्पका कारण चर्किएको थियो भने गत वर्षबाट नै २ फिटसम्म भासिएको थियो । अहिले करिब ४० मिटर भासिएको छ । चर्किएको क्षेत्रमा ढल चुहावट भएर माटो कुहीएको अवस्थामा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा लगातार पानी परेपछि उक्त क्षेत्र पहिरोको जोखिममा परेको हो ।

उक्त क्षेत्रमा थप पहिरो जाने सम्भावना भने नरहेको भुवैज्ञानिकहरुले बताएका छन् । उत्त स्थानको पर्खाल निर्माण सम्पन्न भएपछि मात्र स्थानीयलाई त्यहाँ बस्न प्राविधिकको टोलिले सुझाव दिएको छ । अहिले हिड्नको लागी अस्थाई रुपमा सडक निर्माण गरिएको छ । सवारी साधन चल्न भने अझै २ महिनासम्म लाग्ने वडा कार्यलयले जनाएको छ ।

भक्तपुरस्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीको सहयोगमा स्थानीय बासिन्दालाई रातीनै छिमेकिको घरमा सारिएको थियो । सडक भासिए पछि बाटो, ढल र खानेपानीको साथै २ दिनसम्म विद्युत समेत अवरुद्ध भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);