सुर्खेतमा पनि खुल्यो कपडा बैंक | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सुर्खेतमा पनि खुल्यो कपडा बैंक

kapada bank surkhet

विवश सेजुवाल
सुर्खेत, ८ भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि कपडा बैंक संचालनमा ल्याइएको छ । काठमाडौका विभिन्न स्थानमा खोलिएका कपडा बैँकले चर्चा पाएको बेला सुर्खेतको कपडा बैंक पनि अहिले चर्चामा छ । आफ्नो प्रयोगमा नआएका कपडाहरु निश्चित सार्वजनिक स्थानमा राख्ने र कपडाको आवश्यक परेकाहरुले निशुल्क कपडा लान पाईने व्यवस्था पछिल्लो समय कपडा बैँकको रुपमा चर्चामा छ ।

लत्ता कपडाको अवश्यकता भएका तर खरिद गर्न नसकेकाहरुले निशुल्क कपडा पाउन भन्ने उद्देश्यले आफ्नो प्रयोगमा नआएका कपडाहरु एक निश्चित सार्वजनिक स्थानमा जम्मा गर्ने परिकल्पनासंगै कपडा बैँकको अभ्यास नेपालमा देखिन थालेको छ । जहाँबाट जो कोहीले पनि कपडा लिन पनि सक्छन् र राख्न पनि सक्छन् ।

काठमाडौँका विभिन्न स्थानमा बनेका कपडा बैँकहरु पश्चात् कर्णालीको सुर्खेतमा पनि कपडा बैँक सञ्चालनमा ल्याइएको छ ।

kapada bank surkhet1

सुर्खेतमा आकृति नेपालको पहलमा कपडा बैँकको स्थापना गरिएको हो । आकृति पेशाले आर्कीटेक्चर इन्जिनियर हुन् । कसैको घरमा त्यसै खेर गईरहेको कपडालाई कपडाको अभाव भएका व्यक्तिहरुसम्म पु¥याउने उद्देश्यले आफ्नौ घर अगाडी कपडा बैँकको स्थापना गरेको उहाँको भनाई छ ।

सुर्खेतको कपडा बैँकको विशेषता के छ भने यहाँ राखिने कपडा पुन प्रयोग गर्न सकिने छ कि छैन भन्ने पनि परिक्षण गरिने छ । कपडा बैँकको उद्घाटनमा सहभागी भएका कर्णाली प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले यहाँ राखिने कपडाहरुको परिक्षण गरिने जानकारी दिनुभयो ।

त्यस्तै, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले आफ्ना लागि अनुपयोगी चीज अरु कसैका निम्ती उपयोगी हुन सक्ने हँुदा यो एउटा उदाहरणीय काम भएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);