अवैधानिक ढंगले निर्यात हुने कपडामा रोक लगाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अवैधानिक ढंगले निर्यात हुने कपडामा रोक लगाउन माग

काठमाडौं, २६ असार । निजी क्षेत्रबाट संचालित मुुलुकको सबैभन्दा ठूलो मानिएको प्रगति टेक्सटायल उद्योगले अवैधानिक ढंगले निर्यात हुने कपडामा रोक लगाउन सरकारसँग माग गरेको छ ।

नेपालमा करिव ८० प्रतिशत कपडा अवैध ढंगले निर्यात हुने गरेको उल्लेख गर्दै उद्योगले त्यसमा रोक नलगाए नेपाली कपडा उद्योग धरासायी हुने चेतावनी समेत दिएको छ ।

विराटनगरमा करिव १ अरव लगानीमा संचालन हुँदै आएको उद्योगका प्रशासन प्रमुख महेश पोखरेलले अवैध रुपमा भित्रने गरेका कपडा बन्द नभए नेपाली कपडा उद्योग धराशायी हुने अवस्थामा रहेको स्पष्ट पारे ।

उनले सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन गर्न पनि कपडाको कच्चा पदार्थमा लगाउने गरेको अतिरिक्त भ्याटको व्यवस्था तत्काल हटाउन माग गरे । कपडा उद्योगमा सरकारले हालै लगाएको अतिरिक्त शुल्क नहटाए नेपाली कपडा उद्योग चल्न नसक्ने सो उद्योगको दावी छ ।

टेक्सटायल उद्योगले हाल वार्षिक रुपमा १ करोड मिटर कपडा उत्पादन गर्दै आएको छ । कम्पनीका संचालक जीतेन्द्र लोहियाले स्वदेशी कपडाको उत्पादकत्व बढाउने दिशामा मजदुर संगठनहरुले पनि पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उनले स्वदेशमै कपडाको माग धान्न उत्पादन वृद्धि गर्नेतर्फ मजदुरहरु पनि लाग्नुपर्ने बताए । उनले उत्पादनमा ध्यान नदिने तर सुविधाका लागि माग मात्रै गर्ने मजदुरहरुलाई विदाई गर्ने नीति उद्योगको रहेको पनि स्पष्ट पारे ।

यो उद्योगले हाल ५ हजार भन्दा बढिलाई रोजगार दिएको छ । उद्योगका संचालन लोहियाले उद्योग संचालनका लागि आवश्यक कर्मचारीहरुलाई दक्ष बनाउने काममा पनि सरकारलाई सहयोग गर्न आग्रह गरे ।

स्वदेशी उद्योग भएर पनि त्यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिकता नदिएको उद्योगको गुनासो छ । नेपालमा हाल कपडा उद्योगबाट मात्रै २० अरव बढि राजस्व संकलन हुने गरेको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);