कात्तिक १५ देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कात्तिक १५ देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं, ७ असोज । नेपाल कपडा उद्योग संघले सरकारले कपडा उद्योगीका माग पुरा नगरे आगामी कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

मुल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको संघले त्यसबारे सरकारले निर्णय गर्न ढिलाई गरेको भन्दै उद्योग नै बन्द गर्ने चेतावनी दिएको हो ।

कपडा उद्योगीहरु कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासंग प्रतिपर्धा गर्न नसकिने र उद्योग व्यवसाय नै धरापमा पर्ने भएकाले आफुहरु उद्योग सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

चालु आर्थिक वर्षको बजेट घोषणमा सरकारले करको सिद्धान्त विपरित रहेको भन्दै कपडा उद्योगीलाई दिंदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । करका बारेमा स्पष्ट नहुँदा व्यवसायीले दसैंको बेलामा पनि कपडा बेचेका छैनन् ।

वार्षिक कुल कारोबारको झण्डै ४० प्रतिशत कारोबार हुने समयमा सामान स्टकमा राख्नुपर्दा व्यवसायको उत्पादन ५० प्रतिशतले घटेको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानकाे दावी छ ।  मुलुकको कुल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);