टेलरिङ्ग व्यवसाय नै शंकटमा पर्ने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टेलरिङ्ग व्यवसाय नै शंकटमा पर्ने अवस्थामा

बाग्लुङ,४ कार्तिक । नजिकिएको चाडवाडलाई लक्षित गरी सरकारले गरेको लकडाउन खुकुलो बनाएतापनि यसबाट प्रत्यक्ष मारमा परेको टेलरिङ व्यवसाय भने माथि उठ्न सकेको छैन । दशैँ तिहारमा भिडभाड हुने गरेको यो क्षेत्र अहिले सुनसान बनेको छ ।

सरकारले देशमा लकडाउन खुकुलो गरी सबै उद्योग व्यवसाय संचालन गर्न निर्देशन दिएतापनि बाग्लुङ सदरमुकाममा रहेका कपडा तथा टेलरिङ्ग व्यवसाय ग्राहकहरुको अभावमा माथि उठ्न सकेको छैन ।

कोरोनाका कारण बाग्लुङ सदरमुकाममा रहेका ठूला तथा साना सबै टेलरिङ्ग सेन्टरमा काम कारोवार राम्रोसँग सञ्चालन हुन नसक्दा व्यवसाय नै शंकटमा पर्ने अवस्था आएको छ । दशैँलाई लक्षित गरी खोलिएको व्यवसायमा अहिले कुनै उत्साह नदेखिएको व्यवसायीको भनाई छ ।

विगत वर्षमा यो समय बाग्लुङका सिलाइ व्यवसायीलाई बिहान देखि बेलुका सम्म काम गर्न भ्याइनभ्याई हुने बेला हो । तर कोरोनाको प्रभाव कायमै रहेकोले व्यवसाय शंकटमा परेको छ । सरकारी तथा निजी विद्यालय सबै बन्द हुँदा र नयाँ शैक्षिकसत्रको ठेगान नहँुदा विद्यार्थीको ड्रेस सिलाउने लगाएतको सबै काम ठप्प हुँदा व्यवसायी समेत धरासायी बन्ने अवस्थामा पुगेको सिलाई व्यवसायीको गुनासो छ ।

सरकारले लकडाउन खुकुलो बनाएपछि बाग्लुङ बजारमा केही चहलपहल देखिए पनि नयाँ कपडा सिलाउनेमा गत बर्षको तुलनामा निकै कमी आएको छ ।

१० हजार देखी ५० हजार सम्म मासिक घर भाडा तिरेर व्यवसाय संचालन गरेका व्यवसायीले व्यापार नहुँदा ऋणको बोझ थपिन थालेको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था र सहकारीबाट ऋण लिएर कारोवार गर्दै आएका व्यवसायीको राहतका लागि सम्बन्धित निकायले पनि चासो दिन आवश्यक देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);