अमेरिकन डलर देखाएर ठगी गर्न खोज्ने ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकन डलर देखाएर ठगी गर्न खोज्ने ३ जना पक्राउ

दाङ, ४ कार्तिक । दाङमा प्रहरीले अमेरिकी डलर देखाएर ठगी गर्न खोजेको आरोपमा धादिङका श्रीमान-श्रीमती सहित ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका ५ गल्छी निबासी ३१ बर्षीया शर्मीला कोईराला, उनका श्रीमान ५६ बर्षीय राम बहादुर तामाङ, बाँकेको राप्ती सोनारी गाउँपालिका ३ निबासी २८ बर्षीया मंगल प्रसाद थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार करिब साढे ७ बजेतिर लमही नगरपालिका ९ अमिलियामा रहेको बस्नेत होटेलबाट अबैद्ध रुपमा विदेशी पैसाको कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

कोइरालाले बोकेको ब्यागमा २० रुपैयाँका अमेरिकी डल ८ थानलाई एकातिर ५ र अर्को तिर ३ बनाएर बिचमा सेतो कागजलाई नोट आकारमा राखेर एक बण्डल बनाएको अवस्थामा भेटिए पछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);