ठगी अरोपमा तीन जना महिला प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ठगी अरोपमा तीन जना महिला प्रक्राउ

कैलाली, १९ साउन । कैलालीको विभिन्न ठाउँमा स्थानीयलाई ठगी गरेको अरोपमा तीन जना महिला प्रक्राउ परेका छन् । सर्वसधारणहरुको करोडौ रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की कल्पना बोगटी, कृष्णपुर नगरपालिका वडा १ का दुर्गा भट्ट र सुनिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

दलित महिला संघ फेडोको नाममा नक्कली संस्था खोलेर कैलाली र कञ्चनपुरका विभिन्न गाउँमा समुह निर्माण गरी रकम ठग्ने गरेको प्रहरी उपरिक्षक बिनोद घिमरेले बताए ।

उनीहरुले फेडो संस्थाको किर्ते छाप, लगाएत कागज पत्र बनाएको भन्दै किर्ते सम्बन्धी मुद्दा चालाईने धिमिरेले बताए । ठगी समुहले कैलालिको चौमाला, गौरीगंगा, गोदाबरी, फुलवारी र कञ्चनपुरको कृष्णपुर लगाएतका क्षेत्रहरुमा लामो समयदेखी समुह निर्माण गरी पैसा ठग्दै आएका थिए ।

उनीहरुको प्रक्राउ पछि, कैलाली र कञ्चनपुरका बिभिन्न ठाँउबाट ठगी बिरुद्ध उजुरि दिन सयौको संख्यामा सर्वसाधारण प्रहरी कार्यालय आएको प्रहरीको भनाइ छ ।

ठगी मुद्धा बिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरि दर्ता गराउन आएकी गोदावरी नगरपालिका ३ चौकिडाँडाकी हरिकला खत्रि लगाएत ३० जनाको समुहलाई झन्डै २ बर्ष अगाडि पाँच हजार बराबर भैँसी, एक हजार बराबर बाख्रा दिने र दुई सय रुपैयाँ प्रबेश शुल्क भन्दै एक लाख बराबर ठगी गरेको खत्रिले बताईन ।

त्यस्तै मालाखेतिकी पार्वति खड्कालाई पनि पाँच हजार बराबर एक लाख र एक हजार बराबर बिस हजार रुपयाँ बिना ब्याज ऋण उपलब्ध गराउने भन्दै झुटो प्रलोभन देखाएर गेटा घर भयकी कल्पना बोगटिले ठगेको बताएकी छन् ।

मालाखेतिकै राधिका बिकलाई पनि विना व्याज लाखौँ रुपैँयासम्म ऋण दिने झुटो प्रलोभन देखाएर गाउँमा समुह बनाइ ठगी गरेको पाइएको छ । कैलालीको गेटा घर भएकी अन्दाजी ३० बर्षकी कल्पनाले रकम संकलन गर्दा फरक फरक नाम दिने गरेको भेटियो ।

उनी बिरुद्ध तिन पटक अत्तरियाको प्रहरी कार्यालयमा उजुरी पनि दिइन तर हालसम्म कुनै छानबिन नगरी केश लुकाउन खोजेको पीडितको प्रहरी माथी आरोप छ । केहि महिना पहिले तीनै महिलाले चौमालाकै बल्मिमा पनि ठगी गरेको भेटिएपछि रकम फिर्ता गराउने सर्तमा प्रहरीले नै मिलापत्र गराएको थियो ।

उता दलित महिला संघ (फेडो) कैलालीले ठगीमा आपनो संस्थाको कुनै संलग्नता नरहेको प्रहरीसमक्ष लिखित जानकारी गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);