महिला हत्या आरोपमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

महिला हत्या आरोपमा तीन जना पक्राउ

कालिकोट, २१ जेठ । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की दलित महिला वडा सदस्य मना सार्कीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

मनाको कुटपिटबाट मृत्यु भएको आशंकामा सोही वडाका राजिन्द्र शाही, सिजना शाही र दर्गा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटमा संग्लन रहेको आंशकामा तीन जनालाई प्रक्राउ गरिएको र घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । वडा सदस्य सार्कीको श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

मना सार्की

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);