बुद्ध एयरले नेपालगन्जबाट नयाँ दिल्ली उडान गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बुद्ध एयरले नेपालगन्जबाट नयाँ दिल्ली उडान गर्ने

बाँके, २१ जेठ । बुद्ध एयर प्रालिले नेपालगन्जबाट भारतको नयाँ दिल्ली उडानको लागि पहल थालेको छ । बाँकेको नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बुद्ध एयरले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उडान अनुमतिका लागि आवेदन दिएको जानकारी गराएको हो ।

उसले विमानस्थलको स्तरोन्नति तथा उडानका लागि सेक्टर थप लगायतका प्रक्रियाका लागि पहल गर्न सरकारसँग माग गरेको छ । सबै प्रक्रिया पूरा हुन करिब ८ महिना लाग्ने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।

सो क्षेत्रका सरोकारवालले नेपालगन्ज–दिल्ली उडानले समृद्धिको यात्रामा कोशेढुंगा सावित हुने भन्दै आवश्यक प्रक्रियामा आलटाल नगर्न सरकारलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);