बुद्ध एयरले सोमबारदेखि काठमाडाैं-कोलकत्ता उडान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बुद्ध एयरले सोमबारदेखि काठमाडाैं-कोलकत्ता उडान गर्ने

buddha air

काठमाडौं, १२ जेठ । बुद्ध एयरले सोमबार देखि काठमाडाैं-कोलकत्ता उडान गर्ने भएको छ । बुद्ध एयरले आईतबार पत्रकार सम्मेलन गरि उडान बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबार देखि काठमाडाैं-कोलकत्ता–काठमाडाैंको व्यवसायीक उडान गर्न लागिएको जानकारी गराउनुभयो । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडाैं-कोलकत्ता उडान गर्न लागेको हो ।

अन्तराष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडाैं-कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तराष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडाैंका लागि जहाज उड्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);