बुद्ध एयरले सुरु गर्‍यो पोखरा-भरतपुर, भैरहवा हवाई उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। बुद्धले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गर्यो भने, भने ११:२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ।

उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु तीन हजार छ सय र विदेशीका लागि ९२ डलर कायम गरिएको छ। त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु ४ हजार दुई सय र विदेशीका लागि ९७ डलर कायम गरिएको छ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);