पोखरा–धनगढी सीधा हवाई कनेक्सन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरा–धनगढी सीधा हवाई कनेक्सन सुरु

पोखरा । पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो ।

नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । 

बिहान ११ : ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । 

बुधबार नाट्टाको टोली पर्यटन प्रवद्र्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ । शुक्रबार सुदुरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । नाट्टाकै समन्वयमा यसअघि मधेश प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो । 

केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ । यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);