बुद्ध एअरको पोखरा – सिमरा सीधा उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुद्ध एअरको पोखरा – सिमरा सीधा उडान

कास्की । बुद्ध एअरले भदौ १६ बाट पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ। शुरूआतमा साताको तीन दिन ९आइतबार, बुधबार र शुक्रबार० उडान गर्ने बुद्ध एअरले जनाएको छ। पोखराबाट–सिमरा उडान मध्याह्न १२ः२० र सिमराबाट–पोखराको उडान १ः१५ मा हुनेछ।

बुद्ध एअर काठमाडौंका साथै पोखरालाई केन्द्र बनाएर मोफसलका उडान थालेको छ। यसअघि पोखराबाट भैरहवा, भरतपुर र नेपालगञ्ज उडान गरिरहेको छ। मोफसलका एक शहरबाट अर्को शहरको उडानले पर्यटकीय चहलपहल बढ्ने बुद्ध एअरका बजार निर्देशक रूपेश जोशीले बताए। उनले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बुद्ध एअरको भगिनी संस्था बुद्ध होलिडेजले पोखरा, सिमरा दुवै गन्तव्यका लागि ‘होलिडी प्याकेज’ पनि ल्याएको छ। सिमरा–पोखरा प्याकेजका लागि रु।१० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, एअरपोर्टबाट होटल तथा होटलबाट पोखरा एअरपोर्ट गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र ब्रेकफास्ट संलग्न छ। बुद्ध एअरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);