अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने

काठमाडौं ।  बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।  सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);