महिनामा २० युनिटसम्म विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने : मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिनामा २० युनिटसम्म विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने : मन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ गरिएको निर्णय डेढ महिना कार्यान्वयनमा ल्याईछाडने बताएकी हुन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले त्यसका लागि विद्युत प्राधिकरणसँग आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन् ।

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);