मुना सार्कीको हत्यारालाई पक्राउ गर्न छानविन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मुना सार्कीको हत्यारालाई पक्राउ गर्न छानविन समिति गठन

rambahadur thapa

काठमाडौं, २७ जेठ । कालिकोट नरहरीनाथ गाउँपालिका–९ की वडा सदस्य मुना सार्कीको हत्यारालाई पक्राउ गरी कार्बाही गर्न सरकारले विशेष छानविन समिति गठन गरेको छ ।

आइतबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्कीको हत्यारालाई पक्राउ गरी कार्बाही गर्न विशेष छानवीन समिति गठन गरिएको जानकारी गराए । हत्यालगायत महिला हिंसाका घटना रोक्न सरकारले विशेष अभियान नै सञ्चालन गरेको उनको भनाइ छ ।

बैठकमा राष्ट्रियसभाका सांसदहरुले महिला वडा सदस्य सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);