ओलीको छायाँपछि प्रचण्डको यस्तो जुक्ति : छाइरहन स्वरुप नै परिवर्तनको चर्चा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ओलीको छायाँपछि प्रचण्डको यस्तो जुक्ति : छाइरहन स्वरुप नै परिवर्तनको चर्चा (भिडियो सहित)

satta-sasan-june10

काठमाडौं, २७ जेठ । संविधान संशोधनको विषय फेरी पनि मूल बहसको विषय बनेको छ । त्यसमा सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष प्रचण्डले निर्वाचन पद्दति र शासकिय स्वरुप बदल्नु पर्छ भनेर बोलिसकेपछि यो कुरा बहसको विषय बनेको छ । सरकार संचालनको सय दिन पुरा भए लगतै शासकिय स्वरुप परिवर्तन गर्ने कुरा किन आयो ? संसदिय परिपाटीलाई बदलेर के गर्ने ? कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री वा कार्यकारी अधिकार प्राप्त रास्ट्रपति बनाउने भन्ने कुरा बहसको विषय बनेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउदा त्यसका फाइदा र बेफाइदा के हुन्छन ? शासकिय स्वरुपमा बहस गर्न थाल्नु भनेको कतिपयहरुले ‘बेमौसमको बाजा ‘ भनेर प्रतिक्रिया दिएका छन् । सरकार गठनको सय दिन पछि सरकारको आगामी काम के हुनेछ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक प्रा. पुरुषोत्तम दाहाल र वाम विश्लेषक डा. लालबाबु यादव सँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);