प्रतिनिधिसभाको छलफल स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधिसभाको छलफल स्थगित

samsadh

काठमाडौं, २७ जेठ । सरकारले मन्त्रालयगत खर्च विवरण उपलब्ध नगराएपछि प्रतिनिधिसभामा आजका लागि तय विनियोजन विधेयकमाथिको छलफल स्थगित भएको छ ।

प्रतिनिधिसभाको कार्यसूचीमा विनियोन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षका छलफल हुने उल्लेख भएपनि प्रतिपक्षी सांसदले मन्त्रालयगत विवरण नआएसम्म त्यसमाथि छलफल हुननसक्ने अडान लिएका थिए । लगत्तै सभामुख कृष्णबहादुर महाराले बैठक स्थगित गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने भनिएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले संसद नियमावलीमा उल्लेख भए अनुसार २ दिनअघि नै मन्त्रालयगत विवरण सांसदलाई उपलब्ध गराउनु पर्नेमा नगरिएको बताए । सरकारको नियत सांसद र संसदलाई छल्ने देखिएको उनको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);