बजेटमाथि बुधबारबाट दफावार छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजेटमाथि बुधबारबाट दफावार छलफल

काठमाडौं, २९ जेठ । आर्थिक वर्षको बजेटमाथि बुधबारबाट दफावार छलफल हुने भएको छ । यसअघि आइतबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत चार वटा मन्त्रालयका विविध शीर्षमा छलफल हुने कार्यतालिका रहेकोमा सम्बन्धित मन्त्रालयले सांसदहरुलाई खर्च विवरण उपलब्ध नगराएपछि बैठक स्थगित भएको थियो ।

सम्बन्धित मन्त्रालयको लापर्बाहीका कारण आइतबार तय भएको विनियोजन विधेकमाथिको दफावार छलफल सुरु नै हुन सकेन । आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको थियो ।

तर, मन्त्रालयले सांसदहरुलाई खर्च विवरण उपलब्ध नगराएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मन्त्रालयगत विवरण नै नआइ के मा छलफल गर्ने भन्दै प्रश्न उठाए पछि बैठक स्थगित भएको थियो ।

योसँगै सभामुखको रुलिङ अनुसार अर्थ मन्त्रालयले मंगलबारभित्र मन्त्रालयहरुलाई खर्च विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । अब बुधबारबाट भने विनियोजन विधेयकमाथिको दफावार छलफल सुरु हुने भएको छ ।

संघीय संसद सचिवालयले पनि बुधबारको बैठकमा सांसदहरुको हातमा मन्त्रालयगत खर्च विवरणको पुस्तक हुने र छलफल सुरु हुने जनाएको छ । अर्थ मन्त्रालयले भने बजेट संघीय ढाँचामा आएको हुँदा प्रदेश र स्थानीय तहमै बढी छलफल हुने तर्क गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);