सरकारविरुद्ध सत्तारुढ दलकै विद्यार्थीको प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारविरुद्ध सत्तारुढ दलकै विद्यार्थीको प्रर्दशन

काठमाडौं, २९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन आफैं सरकारविरुद्ध सडक आन्दोलनमा होमिएका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन दवाव दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले मंगलबारबाट सडक आन्दोलन सुरु गरेका हुन् ।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन सुरु गर्नु परेको बताइन् ।

उनले जनजीविका, मुलुकको शैक्षिक मुद्दालाई आफूहरुले सदा उठान गरिरहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला भने समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकभित्रै रहेको पेट्रोलियम पदार्थको उत्खनन किन नगरेको भनि सरकारलाई प्रश्न समेत गरे ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोधमा काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले दैनिक जसो देशभर विरोध प्रर्दशन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);