पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थी सङ्गठनद्धारा देशभर धर्ना | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थी सङ्गठनद्धारा देशभर धर्ना

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा पाँच विद्यार्थी सङ्गठनले देशभरका डिपोमा धर्ना दिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आज देशभर पाँच विधार्थी संगठनले धर्णा दिएका हुन् । त्यस्तै आजै पाँच विधार्थी संगठनले थानकोट डिपोमा पनि धर्ना दिएका छन् ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् ।

आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिएका छन्।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ ।

Leave a Reply