आयल निगम विरुद्ध गरे पाँच विधार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आयल निगम विरुद्ध गरे पाँच विधार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ । विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि चरणबद्ध आन्दोल गर्ने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

पाँच विद्यार्थी संगठनले एक विज्ञप्ति सार्वजनिक गर्दैं २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने जस्ता उल्लेख गरिएको छ ।

यस अभि पनि पाँच विधार्थी संगठनले संसद पुनरस्थापनको माग गर्दे बर्तमान सरकारका बिरुद्धमा प्रदर्शन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);