संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै प्रदर्शन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै प्रदर्शन गर्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौंलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्। आइतबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियु ,क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी यनियन, अखिल छैटौँ लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

संसद् विघटनविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिएका छन् ।

प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहेको छ । तर अदालतको स्वतन्त्र निर्णयमा हस्तक्षेप नगर्न दबाब सिर्जना गर्न आन्दोलन गर्न लागिएको पाँच विद्यार्थी संगठनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै संगठनले विश्वविधालयमा देखिएका परीक्षालगायत शैक्षि समस्याहरुका बारेमा छलफल गर्न ज्ञापनसत्रसहित उपकुलपतिसमक्ष जाने सयुक्त निर्णय भएको प्रवक्ता मैनालीको भनाई रहेको छ ।

मन्त्रीजस्तो पदको मर्यादासमेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानुनलाई चुनौती दिनेगरी गरेको हर्कतको तीव्र विरोध गर्दै विद्यार्थी संगठनहरुले दलित आन्दोलनप्रति ऐक्यबद्धतासमेत जाहेर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);