विपक्षी गठबन्धनका ५ भातृ संठनद्धारा देशव्यापी प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विपक्षी गठबन्धनका ५ भातृ संठनद्धारा देशव्यापी प्रदर्शन गर्दै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध ५ विपक्षी गठबन्धनका भातृ संठनद्धारा देश व्यापी प्रदर्शन गर्दैछ । बर्तमान सरकारले संविधानको बर्खिलाप गरेको भन्दै उनिहरुले आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् ।

अनेरास्ववियु क्रान्तकारीका नेता सुरेन्द्र बस्नेतका अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केन्द्रम उपलब्ध नेताहरुको उपस्थितिमा प्रदर्शन गरिने जानकारी दिएका छन् । जिल्ला तहमा भने स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिने उनले जानकारी दिएका हुन् ।

असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको तथा भ्रष्टाचार, महंगी बढ्दा पनि नियन्त्रण नगरिएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) संयुक्त आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);