ज्यान मार्ने उद्योग मुद्दामा फरार व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ज्यान मार्ने उद्योग मुद्दामा फरार व्यक्ति पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद सजाय पाई फरार एक व्यक्ति पक्राउ परेका छन् । २०७३ साल बैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले उक्त व्यक्तिलाई ३ वर्ष १० महिना २८ दिन सजायको फैसला सनाएको थियो ।

अदालतको फैसला पश्चात भुमिकास्थान नगरपालिका वडा नं. ३ का तुल बहादुर बन्जाडे फरार भई भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोक भन्ने स्थानमा लुकिछिपि बस्दै आएका थिए ।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोली उनलाई असार २५ गते पक्राउ गरेको हो । अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);