सवारी ज्यान कसुर मुद्दामा फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सवारी ज्यान कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

बिष्णु खनाल,
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सवारी ज्यान कसुर मुद्दामा फरार अभियुक्तलाई विहिवार पक्राउ गरेको छ ।

पाणिनी गाउँपालिका वडा नं. ३ का ३६ वर्षिय मनोज दर्लामी मगरलाई गएको फागुन १८ गते जिल्ला अदालत अर्घाखाँचीले ११ महिना ६ दिन कैद सजाय तोकेको थियो । तर फैसला पश्चात अभियुक्त दर्लामी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा उनलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ अभियुक्तलाई जिल्ला अदालतले कैद भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);