नेपाली कांग्रेस पर्सा क्षेत्र १ द्वारा वीरगञ्ज महानगरपालिकाको विरोध गर्दै धर्ना तथा ज्ञापनपत्र प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

नेपाली कांग्रेस पर्सा क्षेत्र १ द्वारा वीरगञ्ज महानगरपालिकाको विरोध गर्दै धर्ना तथा ज्ञापनपत्र प्रस्तुत

राजेन्द्र सिंह,
पर्सा । नेपाली कांग्रेस पर्सा क्षेत्र १ द्वारा वीरगञ्ज महानगरपालिकाको विरोध गर्दै धर्ना तथा ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न समस्याहरुमा वीरगञ्ज महानगरपालिकाले ध्यान नदिएको भन्दै सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली कांग्रेस पर्सा क्षेत्रीय समिति १ का सभापति बिजय सराफको अध्यक्षतामा भएको सो धर्ना तथा कार्यक्रममा अनावश्यक रुपमा वृद्धि गरिएको कर यथाशीघ्र खारेज गर्नुपर्ने, शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, वर्षायाममा देखिएको डुबान क्षेत्रका बाटोघाटो तथा नालाहरुलाई मर्मत गरी पानीको निकासी गर्नुपर्ने लगायतका माग राखेर विरोध गरिएको हो ।

यसका साथै खुल्लाचौपाया नियन्त्रण गर्नुपर्ने, नियुक्त गरिएका जिल्ला भन्दा बाहिरका नगर प्रहरी तथा करारका कर्मचारीहरु खारेज गरी स्थानीयहरुलाई आवश्यकताअनुसार नियुक्ती दिनु पर्ने, लकडाउनको समयमा विद्यालयको विद्यार्थी खाजाको १ करोड २० लाखको भ्रष्टाचार बारे पनि चुपचाप रहेको भन्दै बिरोध गरिएको नेता हुकुम सिंहले जानकारी दिए ।

नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, जिल्ला सदस्य एवम् जिपि कोइराला फाउन्डेसन पर्साका सभापति मो.सहाबुद्धिन, महिला संघ पर्साका अध्यक्ष बिद्या श्रेष्ठ, जिल्ला सदस्य भवानी घिमिरे, लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply