दाङमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त ११ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दाङमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दाङ । दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ निवासी ३७ वर्षीय प्रकाश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपालीलाई गत शुक्रबार गोर्खाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नेपालीले सोही ठाउँ निवासी डम्बर बुढाथोकीलाई २०६२ साल मंसिर १५ गते सामान्य कुटपिट गरी हत्या गरेको अभियोगमा उच्च अदालत तुलसीपुर दाङबाट २०६७ असार २७ गते ८ वर्ष कैद सजाय तोकिएको थियो ।

तर, फरार रहेका नेपाली गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका ५ झ्याल्या स्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गोर्खाको समन्वयमा गत शुक्रबार पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

नेपालीलाई उच्च अदालत तुलसीपुर दाङमा बुझाउने तयारी भएको प्रवक्ता रिजालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);