ज्यान मुद्दामा फरार रहेका आजात खाँ २३ बर्ष पछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ज्यान मुद्दामा फरार रहेका आजात खाँ २३ बर्ष पछि पक्राउ

बाँके, १ असोज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका बाँकेका अभियुक्त आजात खाँ २३ बर्ष पछि पक्राउ परेका छन् । खजुरा गाउँपालिका–८ रनियापुर बस्ने बर्ष ३८ का आजात खाँलाई जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटेको प्रहरी टोलीलाई उनकै घरबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले २८ गते पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

२०५४ साल फागुन ७ गते साविक रनियापुर गाविस वडा नं.८ रनियापुर बस्ने १९ बर्षीय नुर सलाम खाँको हत्यामा आजात खाँ संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । आजात खाँ लगायत केही व्यक्तिहरुले रनियापुरस्थित चमकदापुरमा नुर सलाम खाँलाइ छातीमा गोली हानी घाँटी रेटेर हत्या गरेका थिए ।

आजात खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले २३ वर्षपछि घरमा लुकीछुपी बसेको सुचनाको आधारमा पक्राउ गरेको हो । नुर सलामको आफन्त जासिर खाँको जाहेरीका आधारमा २०७२ साल असोज १७ गते जिल्ला अदालतले उनीसहित संलग्न सबैलाई २० वर्ष कैद सजाय सुनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);