अवैध लागूऔषधसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं। बाँके र सुर्खेतबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इर्फान जोलाह रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईलीबाट ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीकोट माहाबै गाउँपालिका–३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २४ वर्षीय दिपेन्द्र सिह छन् उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);