दुई फरार प्रतिबादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई फरार प्रतिबादी पक्राउ

सुनसरी, १९ असोज । ज्यान मार्ने उधोग र रकम ठगी गर्ने केशका फरार दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण ५ याकुका सुमन कार्की क्षेत्री रहेका छन ।

पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए । उनिमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक ब्यक्तीलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै उनीबाट नगद २ लाख रुपैया लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत शुक्रबार पक्राउ गरी उनि माथी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);