लागूऔषध सहित सुनसरीबाट दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लागूऔषध सहित सुनसरीबाट दुई जना पक्राउ

सुनसरी, २१ असोज । प्रहरीले सुनसरीको इनरुवा-७ वर्छवाबाट दुई जनालाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर ७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ वर्षकै हरिशंकर सरदार रहेका छन् ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको ।

ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जना उपर चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको DIALEX-DC ८९ बोतल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागूऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);