खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

सुनसरी २७ असोज । सुनसरीबाट प्रहरीले लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्का छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गएराती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);