ब्राउनसुगर सहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ब्राउनसुगर सहित तीन जना पक्राउ

उत्तम रिजाल,
झापा । झापाको झापा गाँउपालिका–२ बाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् ।

पैदल हिडिरहेका उनीहरुलाई गएराती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ । उनीहरु उपर कानुनी कारबाही समेत अगाडी बढाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);